चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 883 of 1160
  • 2026-11-25
  • 16:21:57
  • बुधबार,मंसिर १०, २०८३

About Author

सरकारद्वारा राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त

काठमाडौं - सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा थप तीन जनालाई नियुक्त गरेको छ । सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा.डा. आरपी विछा र प्रभु बुढाथोकीलाई सदस्य नियुक्त गरेको हो । पौडेल र विछाले शुक्रबार शपथ ग्रहण गर्नुभएको छ भने बुढाथोकीको सपथ ग्रहण बाँकी रहेको छ । बुढाथोकी काठमाडौं बाहिर हुनुहुन्छ । यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ तथा सदस्यहरुमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो । थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।

News by सरकारद्वारा राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त :