‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै - Chaitanya News
  • 2026-06-06
  • 07:20:44
  • शनिबार,जेठ २३, २०८३
  • ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

    ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

    काठमाडौं –  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

    खुमलटार चौथो र मनाङ पाँचौं जितको खोजीमा हुनेछन् । खुमलटार १० अंकका साथ १२ औं स्थानमा रहँदा मनाङ १५ अंक जोडेर छैटौं स्थानमा छ ।

    रंगशालामै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाईटेड भिड्नेछन् । यो खेल साँझ ६ बजे सुरु हुनेछ ।

    जावलाखेल सातौं तथा चर्च ब्वाइज पाँचौं जितको खोजीमा हुनेछन् । जावलाखेल २० अंकका साथ शीर्ष स्थानमा रहँदा चर्च ब्वाइज १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

    यस्तै, ललितपुरको च्यासल मैदानमा मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

    मछिन्द्र र फ्रेन्ड्स दुवै चौथो जितको खोजीमा हुनेछ । मछिन्द्र १३ अंक जोडेर नवौं स्थानमा रहेको छ भने फ्रेन्ड्स ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।