चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 472 of 1158
  • 2026-11-25
  • 04:21:49
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

पुस अन्तिम दिन काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री नजिक, जुम्लामा सबैभन्दा कम

काठमाडौं– तापक्रम घटेसँग जडो बढेको छ। आज (बुधबार) पुस महिनाको अन्तिम दिन काठमाडौं उपत्यकाको तापक्रम करिब दुई डिग्री नजिक पुगेको छ। आज बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेन्टिग्रेटमा झरेको न्यूनतम तापक्रम बिहान पौने ९ मा २.३ मा झरेको हो। आज मापन भएको तापक्रम मंगलबारको भन्दा कम हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.८ थियो। पौने ९ मा काठमाडौंको अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस मापन भएको छ। आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ५.९ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। जनकपुर र चन्द्रगढीमा सबैभन्दा धेरै ९ डिग्री मापन भएको महाशाखाले जनाएको छ। यसैबीच, आज तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

News by पुस अन्तिम दिन काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री नजिक, जुम्लामा सबैभन्दा कम :