विशेष महाधिवेशनः साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, भोलि बिहान मतदान हुने - Chaitanya News
  • 2026-05-06
  • 14:21:38
  • बुधबार,बैशाख २३, २०८३
  • विशेष महाधिवेशनः साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, भोलि बिहान मतदान हुने

    विशेष महाधिवेशनः साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, भोलि बिहान मतदान हुने

    काठमाडौँ– नेपाली काँग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको जानकारी दिएको छ।

    साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारीको समय तोकिएको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए । उनले त्यसपछि मनोनयनका लागि समय थप नगर्ने पनि बताए।

    ‘साँझ ६ः३० बजेदेखि ७ः३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। अब समय थप हुँदैन। मतदानसहितको परिमार्जित कार्यतालिका सार्वजनिक गर्दैछौँ,’ उनले भने, ‘राति मतदान हुँदैन। भोलि बिहानबाट कार्यक्रमहरूलाई निरन्तरता दिन्छौँ।’

    ९ घण्टादेखि विशेष महाधिवेशनको बन्द सत्र जारी छ। चिया र खानाको लागि ब्रेक नगरी बन्द सत्र जारी राखिएको छ। दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सबै समय बन्द सत्रमा रहेको जानकारी गराइएको छ।

    बन्द सत्र अब दुई घण्टा चल्ने र आएका सुझावहरूलाई समेट्ने सचिवालयले जानकारी दिएको छ। आज साँझ दुई महामन्त्रीले सम्बोधन गरेपछि मात्रै बन्द सत्र सकिनेछ।