चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1075 of 1115
  • 2026-10-15
  • 03:26:19
  • बुधबार,आश्विन २८, २०८३

About Author

प्रधानमन्त्री देउवा र एमालेका अध्यक्ष केपीओली चितवन जाँदै

चितवन– दुई शिर्ष नेता आज चितवन आउँदै छन्। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली आज चितवन जान लागेका हुन्। कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन जान लागेका हुन्। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागी हुने छन्। आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो पटक चितवन जान लागेका हुन्। यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदै छ। एमाले अध्यक्ष ओली भने मातृ शोकमा रहेका एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न चितवन आउन लागेका हुन्। बादलकी आमाको निधन भएको आज छ दिन पुगेको छ। भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित बादल निवासमा ओली र बादलबीच करिब एक घण्टा भेटघाट हुने एमाले नेतृ पार्वती रावलले जानकारी दिइन्। ओलीको कुनै औपचारीक कार्यक्रम नरहेको उनले बताइन्। ओली १०ः५५ बजेको समयमा भरतपुर विमानस्थलमा आइपुग्ने उनको भनाइ छ।

News by प्रधानमन्त्री देउवा र एमालेका अध्यक्ष केपीओली चितवन जाँदै :