चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 437 of 1160
  • 2026-11-25
  • 22:25:37
  • बुधबार,मंसिर १०, २०८३

About Author

आजको मौसम: तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । यस्तै, तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ। यसैगरी महाशाखाका अनुसार,आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ। कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ भने अन्य भागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

News by आजको मौसम: तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने :