काठमाडौँ– सहसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक भएको छ। आज बिहिवार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै प्रशासन सेवा, न्याय सेवा, लेखा परीक्षण सेवा र संघीय संसद् सेवाका सहसचिव पदको लिखित नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६५९–१६६६१–०८२–८३ (खुला तथा समावेशी), प्रशासन सेवा, विज्ञापन नं १६६५७–०८२(८३ (मधेशी), न्याय सेवा, कानुन समूह, रा.प. प्रथम श्रेणी, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६६२–०८२–८३ (खुला), लेखा परीक्षण सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको छ।
यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६६३र०८२–८३ (खुला), संघीय संसद् सेवा, प्रशासन समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा पनि सार्वजनिक गरेको छ।
![]()
![]()
![]()
![]()