चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 434 of 1160
  • 2026-11-25
  • 22:20:56
  • बुधबार,मंसिर १०, २०८३

About Author

फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित नेता कार्यकर्तालाई परिचालन गर्ने काँग्रेसको निर्णय

काठमाडौँ– नेपाली काँग्रेसले जिम्मेवारी दिएर तोकिएका बाहेक सबै नेता कार्यकर्तालाई आफ्नो क्षेत्रमा क्रियाशील गराउने निर्णय गरेको छ। फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित सम्बन्धित क्षेत्रमा खटाउने निर्णय गरेको हो। आइतबार बिहान भएको कार्यसम्पादन समितिको भर्चुअल बैठकले ‘नेपाली काँग्रेस निर्वाचन परिचालन निर्देशिका’ अनुसार केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा जिम्मेवारी दिएकालाई कार्य सकेर आफ्नो क्षेत्रमा फर्कन निर्देशन दिइएको छ। ‘जसको पदीय जिम्मेवारी जहाँ र उसले खट्ने त्यहाँ’ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्ने काँग्रेसले जानकारी गराएको छ। एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा अर्को क्षेत्रको वडामा गई क्रियाशील नहुन पार्टी पङ्तिमा अनुरोध गर्ने निर्णय गरिएको छ। भ्रातृ र शुभेच्छुक संस्थामा रहेका नेता कार्यकर्तालाई पनि आफ्नो क्षेत्रमा क्रियाशील हुन भनिएको छ।

News by फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित नेता कार्यकर्तालाई परिचालन गर्ने काँग्रेसको निर्णय :