२३ हजार बढीले दिए शाखा अधिकृतको परीक्षा, कहिले प्रकाशन हुन्छ नतिजा ? - Chaitanya News
  • 2026-04-26
  • 11:02:53
  • आइतबार,बैशाख १३, २०८३
  • २३ हजार बढीले दिए शाखा अधिकृतको परीक्षा, कहिले प्रकाशन हुन्छ नतिजा ?

    २३ हजार बढीले दिए शाखा अधिकृतको परीक्षा, कहिले प्रकाशन हुन्छ नतिजा ?

    काठमाडौँ– लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको प्रारम्भिक परीक्षा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ। संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) पदका लागि आइतबार परीक्षा सञ्चालन गरिएको आयोगले जनाएको छ ।

    आयोगका अनुशार देशभरका २७ हजार १७ जना उम्मेदवारमध्ये २३ हजार ४८९ जना अर्थात् ८६.९४ प्रतिशत उम्मेदवार परीक्षामा सहभागी भएका छन्। सहभागीमध्ये काठमाडौँ उपत्यकाभित्र ११ हजार ६४४ जना (८९.९७ प्रतिशत) र उपत्यकाबाहिर ११ हजार ८४५ जना (८४.१६ प्रतिशतं) उम्मेदवार उपस्थित रहेको आयोगले जनाएको छ।

    उक्त परीक्षा अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट परीक्षण हुने जनाउँदै आयोगले परीक्षाको नतिजा १५ दिनभित्र प्रकाशन गर्ने लक्ष्य लिइएको जानकारी दिइएको छ।