मैले भन्ने गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा वेदबाट लिइएको हो : ओली - Chaitanya News
  • 2026-04-27
  • 20:03:00
  • सोमबार,बैशाख १४, २०८३
  • मैले भन्ने गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा वेदबाट लिइएको हो : ओली

    मैले भन्ने गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा वेदबाट लिइएको हो : ओली

    काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भन्ने गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा वेदबाट लिइएको बताएका छन्। झापाको एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै ओलीले आफूले भन्ने गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा वेदबाट लिइएको बताएका हुन्।

    यस्तै उनले भन,े ‘मैले नेपाल कस्तो हुनुपर्छ भनेर पनि समृद्ध नेपाल अथवा हाम्रो देश धनी हुनुपर्दछ समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ भनेर समृद्ध नेपाल र सुखी नेपाली भन्ने भनेको छु,’ ‘यो कुरा हाम्रा वेदहरूले भनेको कुरा हो। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु दुःख कसैलाई पनि नपरोस् भन्ने त्यो भाव सबैमा आओस् भन्ने त्यो पुरानो हाम्रो मन्त्र नै हो।’

    विश्वमा ज्ञान, सृष्टिजस्ता अनेक रचना गर्ने नेपालीका पूर्वजहरू नै रहेको ओलीले बताए। उनले भने, ‘शास्त्र बनाउने हाम्रा पूर्वज थिए, पहिलो सर्जन यहीँ धर्तीका थिए। त्रेतामा विश्वामित्र ऋषि विश्वामित्रका छोरा ऋषि सुश्रुत पहिलो सर्जन थिए विश्वकै। पहिलो सर्जरी गर्ने उनी नै थिए ।’

    वेदहरूले भनेजस्तै ‘सबै मान्छे सुखी हुन् कसैले पनि दुःख नपाओस्’ भन्ने आफूले चाहेको पनि अध्यक्ष ओलीले बताए। उनले भने, ‘कोही पनि कुनै आपतमा नपरोस्, डर त्रासको वातावरण नहोस्, सर्वत्र शान्ति होस्।’