चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 456 of 1161
  • 2026-11-26
  • 11:46:35
  • बिहिबार,मंसिर ११, २०८३

About Author

छ महिनामा वीरगञ्ज नाका हुँदै चार खर्ब ३८ अर्ब भन्दा बढीको सामान आयात

वीरगञ्ज (पर्सा)– चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्ज नाका हुँदै रू चार खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ। गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५ दशमलव ३० प्रतिशतले बढी आयात भएको हो। जबकी गत आवको छ महिनामा भने रू तीन खर्ब ८० अर्ब छ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको छ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए। चालु आवको छ महिनामा रू ९० अर्ब छ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ। रू ३९ अर्ब तीन करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन्। चालु आवको छ महिनामा रू ३० अर्ब एक करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने रू २७ अर्ब ७२ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ। सोही अवधिमा २४ अर्ब ६१ करोड मूल्य पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन्। त्यस्तै रू १९ अर्ब चार करोड मूल्य पर्ने कपडाहरू आयात भएका छन्।

News by छ महिनामा वीरगञ्ज नाका हुँदै चार खर्ब ३८ अर्ब भन्दा बढीको सामान आयात :