चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1101 of 1115
  • 2026-10-15
  • 17:39:49
  • बिहिबार,आश्विन २९, २०८३

About Author

विशेषमा बजेटमा सडक निर्माणको योजना पर्दैन : उपाध्यक्ष विश्व पौडेल

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाको रहेको बताएका छन्। बुधबार नेपाली कांग्रेसबाट प्रदेश– १ का स्थानीय तहका जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन्। उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजना मात्रै प्राथमिकता गर्ने र साना परियोजना स्थानीय तहमा नै दिने योजना रहेको बताए। उनले सांसदले साना–साना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताए। उनले स्थानीय जनप्रतिनिधिहरुले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव दिए। उनले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायलाई सहयोग गरे अर्को पटक चुनाव लड्न सजिलो हुने बताए। उपाध्यक्ष पौडेलले जनप्रतिनिधि सकेसम्म सबै जनताको बीचमा जान पनि सुझाव दिए। उनले स्थानीय तहले बजेट बनाउँदा विषेश बजेटमा ध्यान दिनुपर्ने बताए। उनले ठूला नगरपालिकाले समेत विषेश बजेटअन्तर्गत सडक निर्माणको योजना राखेको भन्दै विशेषमा सडक निर्माणको योजना नपर्ने बताए।

News by विशेषमा बजेटमा सडक निर्माणको योजना पर्दैन : उपाध्यक्ष विश्व पौडेल :