चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 813 of 1166
  • 2026-11-29
  • 14:33:10
  • आइतबार,मंसिर १४, २०८३

About Author

प्रस्तावित प्रधानन्यायाधीश कार्कीबारे संसदीय सुनुवाइ आज

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबारे संसदीय सुनुवाइ आज हुने भएको छ। संसदीय सुनुवाइ समितिमा सदस्य रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद उपाध्यायका अनुसार अहिले बिहान कार्कीलाई उनीविरुद्ध परेका उजुरी जानकारी गराउने तथा यस विषयमा उनीसँग प्रस्टीकरण लिने र उनका कार्ययोजनाका विषयमा छलफल गर्ने कार्यक्रम छ। कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्। जेठ १६ गते बसेको सुनुवाइ समितिको बैठकले जेठ २६ भित्र कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको थियो। कार्कीलाई आफ्नै ल फर्मका साझेदार अग्नि खरेलले न्यायाधीश बनाएको आरोप छ। अर्का उजुरीकर्ताले कार्कीको नियुक्तिका लागि संवैधानिक परिषद्सम्बन्धी काम, कर्तव्य र ऐन रिक्त रहेको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले उनको नियुक्ति नै कानुन अभावको अवस्थामा भएकाले सिफारिस खारेज गर्न माग गरेका छन्।

News by प्रस्तावित प्रधानन्यायाधीश कार्कीबारे संसदीय सुनुवाइ आज :