चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 169 of 1153
  • 2026-11-22
  • 23:01:51
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– आज (मंगलबार) बिहान ११ः०० बजे संघीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको हो। राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरूले पेस गरेको कार्य योजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ। गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की नियुक्त गर्न सिफारिस गरेको थियो । सोही बैठकले निर्वाचन आयुक्त पदमा डा। राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। संसदीय समितिबाट प्रस्तावित ती पदहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ।

News by आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै, के छन् एजेण्डा ? :