चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1091 of 1115
  • 2026-10-13
  • 20:19:44
  • मंगलबार,आश्विन २७, २०८३

About Author

राष्ट्रपति विद्यादेवी भण्डारीले सेनासँग गरेको भेटवार्ताप्रति बाबुराम भट्टराईको आपत्ति

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापतिसहित सैनिक तथा पूर्वसैनिक अधिकारीहरूसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो असंवैधानिक काम हुने बताएका छन्। आफूले फिर्ता पठाएको नागरिकता विधेयक सत्तारुढ दलहरुले प्रतिनिधि सभाबाट पुनः पारित गरी राष्ट्रिय सभामा पेस गर्न बाँकी रहेको अवस्थामा बुधबार राष्ट्रपति भण्डारीले शीतलनिवासमा सेनाका बहालवाला र पूर्व अधिकारीहरूसँग छलफल गरेको खबर बाहिरिएको थियो। उक्त खबर साँचो भए राष्ट्रपतिको कदम संविधान अनुकूल नभएको टिप्पणी पूर्वप्रधानमन्त्री भट्टराईले गरेका हुन्। अझ चुनावको मुखमा ‘राष्ट्रवादी’ उत्तेजना फैलाएर अमूक दलरनेतालाई सघाउन खोजेको भए झन् अनर्थ उनले उल्लेख गरेका छन्। नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधानअनुकूल भएन। नेपालको संविधानले राष्ट्रपतिलाई कहीँ–कतै स्वविवेकीय अधिकार दिएको छैन’, डा। भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चुनावको मुखमा ‘राष्ट्रवादी’ उत्तेजना फैलाएर अमूक दलनेतालाई सघाउन खोजेको भए झन् भएन।

News by राष्ट्रपति विद्यादेवी भण्डारीले सेनासँग गरेको भेटवार्ताप्रति बाबुराम भट्टराईको आपत्ति :