(कथा) तोमनाथ उप्रेती: सहरको बीचमा एउटा विशाल सरकारी भवन थियो। मानिसहरूले त्यसलाई आकाशद्वार भन्थे। नाममा आकाश थियो, तर त्यहाँ पुग्ने प्रत्येक मानिसको दृष्टि जमिनमै अडिन्थ्यो। भवनभन्दा अग्ला उसका पर्खाल थिए। पर्खालभन्दा अग्ला नियम थिए र नियमभन्दा अग्लो थियो प्रतीक्षाको मौन पहाड। बिहानको घामसँगै मानिसहरू त्यहाँ आइपुग्थे। कसैले एउटा छाप खोज्थ्यो, कसैले एउटा कागज, कसैले एउटा…