८७ उपसचिवको सरुवा, विभागअन्तर्गत व्यापक हेरफेर - Chaitanya News
  • 2026-09-11
  • 16:06:30
  • शुक्रबार,भाद्र २६, २०८३
  • ८७ उपसचिवको सरुवा, विभागअन्तर्गत व्यापक हेरफेर

    ८७ उपसचिवको सरुवा, विभागअन्तर्गत व्यापक हेरफेर

    काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत कार्यरत उपसचिवस्तरका ८७ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।

    मन्त्रालयले विभिन्न समूह तथा उपसमूहमा कार्यरत कर्मचारीलाई विभागअन्तर्गतका विभिन्न आयोजना, कार्यालय तथा निकायमा सरुवा तथा पदस्थापन गरेको हो।

    पछिल्लो सरुवा तथा पदस्थापनमा समान मापदण्ड नअपनाइएको भन्दै केही कर्मचारीले असन्तुष्टि जनाएका छन्। सरुवा प्रक्रियामा पारदर्शिता र अवसरको न्यायोचित वितरण नभएको उनीहरूको गुनासो छ।

    कतिपय कर्मचारीले विगतमा जस्तै यसपटक पनि प्रशासनिक तथा व्यक्तिगत स्वार्थले सरुवा निर्णयमा प्रभाव पारेको हुन सक्ने आशंका व्यक्त गरेका छन्।