लोकसेवा उपयोगी सामग्री [१७] - Chaitanya News
  • 2026-06-05
  • 02:27:41
  • बिहिबार,जेठ २१, २०८३
  • प्रश्न: बसाइँ सराइ अवसर हो कि जोखिम हो ? नेपालीहरुको अन्तराष्टिय बसाइँ सराइकाका रुपमा रोजागरीमा जाने प्रवृत्तिले नेपालको आर्थिक विकासमा गरेको सहयोगको उल्लेख गर्नुहोस् । (५+५) १०

    उत्तर:

    • बसाइँ सराइ (आन्तरिक होस वा बाह्य) अवसर र सुरक्षाका खोजी एवम् जोखिम न्यूनीकरणका लागि गरिन्छ ।
    • यसले प्रसस्त आर्थिक अवसर, सीप विकास मानव साधनको सहज आपूर्ति र समाजमा प्रतिस्पर्धात्मक विकासजस्ता फाइदा ल्याउछ ।
    • यसले कुनै स्थानको जनसाङ्ख्यिक संरचनालाई बदल्न सक्छ । यसले राज्यको सेवा प्रवाह गर्ने सामथ्र्यलाई साघु¥याउँछ । सामाजिक सेवाको माग गर्ने, स्रोत साधनको अत्यधिक दोहन गर्ने र वतावारणीय असन्तुलन ल्याउने संभावना पनि राख्दछ ।
    •  सामाजिक पहिचान र सांस्कृतिक पक्षलाई पनि यसले राम्रो वा नराम्रो पार्न सक्छ ।
    •  वसाइँ सराइको सवैभन्दा ठूलो जोखिम भनेको राजनैतिक संरचनालाई यसले बदल्न सक्छ ।
    • सुरक्षा चुनौती त यसको by product नै हुने गर्दछ । सामाजिक विकृति र सामाजिक द्वन्द्वको कारक बन्न सक्दछ ।
    •  खास स्थानमा रोजगारीको बढ्ने र खास बर्गले रोजगारीका अवसरहरु गुमाउने संभावना रहन्छ ।
    •  बसाइँ सराइकमा फाइदा तथा वेफाइदालाई तलको चार्टबाट बुझ्न सकिन्छ:

    बसाइँ सराइका फाइदा:

    • सम्बन्ध र सञ्जालीकरण
    • विप्रेषण र लगानी प्रवाह
    •  विकास सीप आर्जन
    •  मूल्य मान्यताको विस्तृतीकरण
    • सामाजिक सहभाव र समावेशिता

    बसाइ सराइका वेफाइदा:

    •  स्रोत संभावनाको पलायन
    •  जनशक्तिको अभाव
    •  साधन स्रोतमाथि चाप
    •  सामाजिक सुरक्षा र संरक्षणमा बृद्धि
    •  अपराध र विकृति
    •  पारिवारिक विखण्डन
    •  राजनैतिक जोखिम

    बाह्य बसाइँ सराइका रुपमा रहेको वैदेशिक रोजागरीले नेपालको अर्थतन्त्रमा उल्लेख्य सहयोग पुगेको छ । नेपालको समग्र विकासमा वैदेशिक रोजगारीले गरेको योगदान यी बुँदामा उल्लेख गर्न सकिन्छ:

    • आर्थिक विप्रेषण मार्फत गरिबी निवारण
    •  शहरीकरण तथा आधुनिकीकरण
    •  सामाजिक विप्रेषण मार्फत पेशा व्यवसाय विस्तार
    •  समष्टिगत आर्थिक स्थायित्व/भुक्तानी सन्तुलनमा योगदान
    •  गुणस्तरीय शिक्षा तथा सीप विकास
    •  सामाजिक समावेशीकरण मार्फत राष्ट्रिय विकास
    •  विपदका समयमा राहत तथा पुननिर्माण (Build-Back-Better)
    • सूचना विस्तार तथा सञ्जालीकरण मार्फत पर्यटन प्रवद्र्धन
    •  नेपाली पहिचानको विस्तार
    •  बेरोजगार युवाहरुको नैराश्यता र कुण्ठालाई हटाएको ।