१) जोडा मिलाउनुहोस् ।
समूह I समूह II
a. पृथ्वी 1. रातो ग्रह
b. मंगल 2. निलो ग्रह
c. शनि 3. हरियो ग्रह
d. अरुण 4. पहेंलो ग्रह
A) a-2,b-4,c-3,d-1 B) a-1,b-2,c-4,d-3 C) a-2,b-1,c-4,d-3 D) a-1,b-2,c-3,d-4
२) नेपालमा ८,५०० मिटरभन्दा अग्ला हिमालहरुको संख्या कति छ ?
(A) २ वटा (B) ३ वटा (C) ५ वटा (D) ६ वटा
३) तलका भनाईहरुका बारेमा विचार गर्नुहोस् ।
(१) पुनर्जागरण कालका चर्चित पुस्तकहरु आथेलो, मर्चेन्ट अफ भेनस र हेमलेटका लेखक शेक्सपियर हुन् ।
(२) फ्रान्समा राज्यक्रान्ति हुनुअघि संसद्मा तीन हाउसहरु छन् ।
(३) ‘समानता, स्वतनत्रता र सुखको खोजी’ भन्ने नारा रुसी÷अक्टोबर क्रान्तिको हो ।
(४) सन् १९१७ को फेब्रुअरी–मार्च महिनामा सञ्चालित प्रथम चरणको रुसी क्रान्तिको नेतृत्व मेन्सेभिकले गरेका थिए ।
(A) १ र २ मात्र सहि (B) ३ र ४ मात्र सहि (C) १, २ र ४ मात्र सहि (D) १, २, ३ र ४ सबै सहि
४) प्रथम विश्वयुद्धमा जर्मनी पक्षकूहलाई के नामले चिनिन्थ्यो ?
A) Central Power B) Allies Power C) National Power D) None
५) तलका भनाईहरुका बारेमा विचार गर्नुहोस् ।
(१) राष्ट्रसंघीय वातावरण कार्यक्रमको प्रधान कार्यालय केन्याको नौरोबीमा रहेको छ ।
(२) वातावरणीय गुणस्तर मापदण्ड जनाउने अन्तर्राष्ट्रिय ख्याति प्राप्त प्रमाण चिन्हलाई ओके टेक्स–१०० भनिन्छ ।
(३) सामान्यतया सिमसारमा पानीको गहिराई ६ मिटरसम्म हुन्छ ।
(४) हिमचितुवा ३००० देखि ४००० मिटरको उचाईमा पाइन्छ ।
(A) १ र २ मात्र सहि (B) ३ र ४ मात्र सहि (C) १, २ र ३ मात्र सहि (D) १, २, ३ र ४ सबै सहि
६) जोडा मिलाई सही कोड छान्नुहोस् ।
समूह I समूह II
a. बाँदरको उत्पत्ति 1. मध्यजीव महाकल्पको ट्रायोसिक काल
b. घस्रने जीवको उत्पत्ति 2. मध्यजीव महाकल्पको जुरासिक काल
c. माछाको उत्पत्ति 3. पूराजीव महाकल्पको सिलुरियन काल
d. डाइनोसरको प्रभुत्व 4. नवजीव महाकल्पको अल्पनूतन युग
A) a-4,b-3,c-2,d-1 B) a-4,b-1,c-3,d-2 C) a-4,b-1,c-2,d-3 D) a-1,b-2,c-3,d-4
७) युरो ३ मापदण्ड अनुरुपको नेपाल सवारी प्रदुषण मापदण्ड, २०६९ कहिलेदेखि लागू भएको हो ?
(A) वि.सं. २०६७ श्रावण २९ (B) वि.सं. २०६८ श्रावण २९ (C) वि.सं. २०६९ श्रावण २९ (D) वि.संं. २०७० श्रावण २९
८) क्षेत्रफलको दृष्टिले नेपाल विश्वको कति औं स्थानमा पर्दछ ?
(A) ९० औं (B) ९१ औ (C) ९२ औं (D) ९३ औं
९) तलका भनाईहरुका बारेमा विचार गर्नुहोस् ।
(१) विश्वको सबभन्दा अग्लो स्थानमा रहेको राजधानी सहर बोलिभियाको लापाज हो ।
(२) अष्ट्रेलियाका आदिवासीलाई एवोरोजिनिज भनिन्छ ।
(३) सबैभन्दा पछि पत्ता लागाइएको महादेश अन्टार्कटिका हो ।
(A) १ र २ मात्र सहि (B) २ र ३ मात्र सहि (C) १ र ३ मात्र सहि (D) १, २ र ३ सबै सहि
१०) भाषा पाठशालाको स्थापना गर्ने राणा प्रधानमन्त्री देवशमशेर हुन् भने गोरखा भाषा प्रकाशिनी समितिको स्थापना कसको पालामा भएको थियो ?
(A) वीरशमशेर (B) देवशमशेर (C) चन्द्रशमेर (D) भीमशमशेर
११) सहि जोडा छान्नुहोस् ।
समूक (क) समूह (ख)
(१) कुुचविहारबाट झोला झिकाई विवाह गर्ने राजा (क) जयप्रकाश मल्ल
(२) पशुपतिनाथ छेउको उन्मुक्त भैरवको निर्माण (ख) रत्न मल्ल
(३) तुलजा भवानिको मूर्तिको निर्माण (ग) जयस्थिति मल्ल
(४) कुमारी मन्दिर, गोकर्णेश्वरको मन्दिरको निर्माण (घ) प्रताप मल्ल
(A) १–ग, २–घ, ३–ख, ४–क (B) १–घ, २–ग, ३–ख, ४–क (C) १–घ, २–ख, ३–ग, ४–क (D) १–घ, २–ग, ३–क, ४–ख
१२) ‘World Air Force Day’ कहिले मनाइन्छ ?
(A) फेब्रुअरी १ (B) अप्रिल १ (C) अगष्ट २४ (D) डिसेम्बर २४
१३) नेपाल र भारतबीच व्यापार तथा पारवहन सन्धि परिमार्जन/संशोधन नगरीकनै कहिले नविकरण भएको थियो ?
(A) सन् २०१३ जनवरी (B) सन् २०१४ जनवरी (C) सन् २०१५ जनवरी (D) सन् २०१६ जनवरी
१४) सन् २०२१ फेब्रुअरी १ मा सेनाले शासन सत्ता हातमा लिँदै १ वर्षको लागि संकटकाल घोषणा गरिएको राष्ट्र कुन हो ?
A) सिरिया B) ओमन C) म्यानमार D) लिबिया
१५) महर्वा नृत्य कुन जातिसँग सम्बन्धित छ ?
(A) व्यासी (B) राउटे (C) थारु (D) मेचे