चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 283 of 1161
  • 2026-11-26
  • 10:22:10
  • बिहिबार,मंसिर ११, २०८३

About Author

प्रधानमन्त्री शाह र ईयूआबद्ध देशका कूटनीतिक प्रतिनिधिबीच सिंहदरबारमा सामूहिक छलफल जारी

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा कार्यरत युरोपेली संघ (ईयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा कूटनीतिक मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरिरहेका छन्। सिंहदरबारमा आयोजित उक्त छलफलमा सहभागी कूटनीतिक प्रतिनिधिहरूसँग प्रधानमन्त्रीले नेपालको समसामयिक प्राथमिकता, आपसी सहकार्यका सम्भावित क्षेत्र तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा विचारविमर्श गरिरहेका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार जारी बैठकको मुख्य उद्देश्य नेपालका प्राथमिक एजेन्डाबारे कूटनीतिक समुदायलाई जानकारी गराउनु र अन्तर्राष्ट्रिय साझेदारीलाई थप प्रभावकारी बनाउनु रहेको छ। यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालमा कार्यरत विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग यस्तै प्रकृतिको सामूहिक छलफल गरेका थिए।

News by प्रधानमन्त्री शाह र ईयूआबद्ध देशका कूटनीतिक प्रतिनिधिबीच सिंहदरबारमा सामूहिक छलफल जारी :