तमिलनाडुका मुख्यमन्त्री चन्द्रशेखरको घोषणा, १४ लाख किसानले सहकारीबाट लिएको ऋण मिनाहा गर्ने - Chaitanya News
  • 2026-05-26
  • 13:34:22
  • मंगलबार,जेठ १२, २०८३
  • तमिलनाडुका मुख्यमन्त्री चन्द्रशेखरको घोषणा, १४ लाख किसानले सहकारीबाट लिएको ऋण मिनाहा गर्ने

    तमिलनाडुका मुख्यमन्त्री चन्द्रशेखरको घोषणा, १४ लाख किसानले सहकारीबाट लिएको ऋण मिनाहा गर्ने

    काठमाडौँ– तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजय चन्द्रशेखरले सहकारी बैंकहरूबाट सीमान्त किसानले लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा गर्ने घोषणा गरेका छन्।

    सहकारी बैंकहरूबाट बाली ऋण लिएका ठुला किसानले पनि ५ हजार राहत पाउने मुख्यमन्त्री चन्द्रशेखरले आधिकारिक एक्स ह्यान्डलमार्फत उक्त जानकारी दिएका हुन्।

    मुख्यमन्त्रीको अध्यक्षतामा सचिवालयमा भएको समीक्षा बैठकपछि यो घोषणा गरिएको हो।

    बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर। विनोथ, सहकारी मन्त्री वी.गान्धीराज, वित्त मन्त्री एन।मेरी विल्सन र वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

    तमिलनाडु सरकारका अनुसार चन्द्रशेखरको निर्णयले झन्डै १४ लाख २२ हजार किसानलाई लाभ हुनेछ भने सरकारको थप २,०४४.४६ करोड खर्च हुनेछ।