चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 952 of 1152
  • 2026-11-22
  • 00:50:09
  • शनिबार,मंसिर ०६, २०८३

About Author

डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते

धनगढी- केआईसिंह गाउँपालिका-१ लोलिमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप ६ जना घाइते भएका छन्। केआइसिंह–१ महादेब बस्ने ३६ वर्षीय चालक गोबिन्द्र शाही, केआइसिंह–२ जारिमभाडी बस्ने ४१ वर्षीय धन बहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। दुर्घटनामा परी ६ जना घाइते भएका छन्। केआईसिंह गाउँपालिका डुम्राकोट बस्ने २७ वर्षीय तेज तिरुवा र उनकी श्रीमती २६ वर्षीया राधा तिरुवाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारको लागि सुजङ अस्पताल राजपुर डोटी पठाएको प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए। समान्य घाइते सोही ठाउँका समिर तिरुबा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मिन लुहार उपचारपछि घर फर्किएका छन् । दिपायलबाट घाँटलायातर्फ जाँदै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जीप लोली भन्ने स्थानमा शुक्रबार राति साढे ११ बजेतिर दुर्घटना भइ सडक खण्डबाट अन्दाजी ६० मिटर तल खसेको थियो।

News by डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते :