चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 805 of 1153
  • 2026-11-22
  • 13:07:42
  • आइतबार,मंसिर ०७, २०८३

About Author

टेकुको नर्स क्वार्टरमा एक पुरुष मृत फेला

काठमाडौं- काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नर्सिङ क्वार्टरमा एक पुरुषको शव फेला परेको छ। एक नर्सका श्रीमान् मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। नर्स नर्वदा शर्माका श्रीमान् दधिराम भण्डारी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताए। भण्डारी सरस्वती कलेजमा कार्यरत कर्मचारी हुन्। श्रीमतीलाई उनले नै अस्पताल पुर्‍याइदिने र पहिले त्यहीँको क्वार्टरमा पनि बसेको प्रहरीले जनाएको छ। उनी पछिल्लो समय भने बाहिर डेरा गरि बस्दै आएका थिए। घटनास्थलमा सुसाइड नोट वा अरु केही लिखित वस्तु फेला नपारेको प्रहरी वृत्त, कालीमाटीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।  

News by टेकुको नर्स क्वार्टरमा एक पुरुष मृत फेला :