कोरियो ग्राफर तथा नृत्य निर्देशक शिवजी क्षेत्री मलेसियामा व्यस्त - Chaitanya News
  • 2026-05-24
  • 22:56:53
  • आइतबार,जेठ १०, २०८३
  • कोरियो ग्राफर तथा नृत्य निर्देशक शिवजी क्षेत्री मलेसियामा व्यस्त

    कोरियो ग्राफर तथा नृत्य निर्देशक शिवजी क्षेत्री मलेसियामा व्यस्त

    काठमाडौं- शिवजी क्षेत्री नेपाली सांगीतिक जगतका सफल कोरियोग्राफर तथा नृत्य निर्देशक हुन्। उनले ७० भन्दा बढी म्युजिक भिडियोमा कोरियोग्राफी, निर्देशन तथा अभिनय गरिसकेका छन्।

    शिवजी डान्स सेन्टरका निर्देशकसमेत रहेका क्षेत्री पछिल्लो समय भने मलेसियामा व्यस्त छन्। उनी एउटा म्युजिक भिडियोको छायांकनका साथै नृत्य प्रशिक्षणमा व्यस्त रहेका हुन्।

    ‘मलाई एक महिनाका लागि नृत्य प्रशिक्षणका लागि बोलाइएको थियो। यतिबेला मलेसियामा नृत्य प्रशिक्षणका साथै एउटा म्युजिक भिडियोको अभिनयमा व्यस्त छु,’ उनले भने। नेपालको सांगीतिक क्षेत्रलाई धेरै माथि उठाउनु पर्ने बताउँदै उनले आफ्नो सत्कर्म थोरै भए पनि त्यसमा खर्च गर्न उद्धत रहेको बताएका छन्।

    सफल नृत्य निर्देशकको छवि बनाइसकेका क्षेत्री पछिल्लो समय देशका साथै विदेशका विभिन्न कार्यक्रममा समेत सरिक हुँदै आएका छन्। उनी जुनसुकै जनराका गीतको निर्देशन र अभिनयमा पोख्त छन्।

    मिलनसार स्वभाव र उत्कृष्ट अभिनयका कारण पछिल्लो समय देश विदेशमा उनको माग बढ्दो छ।