चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 482 of 1153
  • 2026-11-23
  • 02:11:37
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कर्णालीमा १० लाख ३७ हजारभन्दा बढी मतदाता कायम

सुर्खेत– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट १० लाख ३७ हजारभन्दा बढी मतदाताले भाग लिने भएका छन्। कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकसहित कूल मतदाताको सङ्ख्या १० लाख ३७ हजार दुई सय ५० पुगेको हो। विसं २०७९ को निर्वाचनमा नौ लाख आठ हजार चार सय ३३ मतदाता रहेको कर्णालीमा यसपटक एक लाख २८ हजार आठ सय १७ मतदाता थपिएका छन्। कुल मतदातामध्ये पुरुषको सङ्ख्या पाँच लाख २७ हजार आठ सय ८६ र महिलाको सङ्ख्या पाँच लाख नौ हजार तीन सय ६१ रहेको छ। प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी मतदाता सुर्खेतमा दुई लाख ४८ हजार नौ सय ४३ रहेका छन् भने सबैभन्दा कम डोल्पामा २४ हजार एक सय १५ मतदाता छन्। यस्तै सल्यानमा एक लाख ६२ हजार चार सय ४९, दैलेखमा एक लाख ६१ हजार दुई सय चार, जाजरकोटमा एक लाख सात हजार ९१, रुकुम पश्चिममा एक लाख छ हजार छ सय ६०, कालीकोटमा ८४ हजार छ सय ४६, जुम्लामा ७१ हजार सात सय ३९, मुगुमा ३६ हजार ३१ र हुम्लामा ३४ हजार तीन सय ७२ मतदाता रहेका छन्। निर्वाचनका लागि कर्णालीभर नौ सय ४१ मतदानस्थल र एक हजार एक सय ३७ मतदान केन्द्र तोकिएको छ। मतदानस्थलको सङ्ख्याका आधारमा सुर्खेतमा एक सय ४०, दैलेखमा एक सय ३९, सल्यानमा एक सय १७, कालीकोटमा एक सय तीन, जाजरकोटमा ८८, जुम्लामा ८३, रुकुम पश्चिममा ७६, डोल्पामा ६८, मुगुमा ६७ र हुम्लामा ६० स्थान तोकिएको छ। निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रको व्यवस्थापन जिल्ला अनुसार फरक(फरक रहेको छ, जसमा सुर्खेतमा सबैभन्दा बढी तीन सय दुई र हुम्लामा सबैभन्दा कम ६४ केन्द्र रहेका छन्। फागुनको निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालयले आफ्नो तयारीलाई तीव्रता दिएको छ।

News by कर्णालीमा १० लाख ३७ हजारभन्दा बढी मतदाता कायम :