काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।
आज बिहान देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।
यस्तै महाशाखाका अनुसार, आज तराईका धेरै स्थानमा हुस्सु लागेको छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ।