चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 351 of 1152
  • 2026-11-22
  • 12:22:02
  • आइतबार,मंसिर ०७, २०८३

About Author

इरानसँग वार्ताका लागि ट्रम्पले खटाए उपराष्ट्रपति भान्स र विदेश मन्त्री रुबिओ

काठमाडौँ– अमेरिकाले इरानसँग वार्ताका लागि आफ्ना दुई विश्वासिला पात्रलाई अघि सारेको छ। मध्यपूर्व तनावमा अमेरिका र इरान आमनेसामने भएपछि विश्वभर देखिएको असर कम गर्न अमेरिका तत्पर देखिएको छ। पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई जिम्मा दिएका छन्। उनले भनेका छन्, ‘उपराष्ट्रपति र विदेशमन्त्रीले इरानसँग वार्ताको नेतृत्व गरिरहेका छन्।’उनले इरानसँग सम्झौता हुने आशा पनि व्यक्त गरेका छन् । इरानी स्रोतले सीएनएनलाई बताएअनुसार तेहरान युद्ध अन्त्य गर्न अमेरिका पनि ‘दिगो’ प्रस्तावहरू सुन्न इच्छुक छ। पछिल्लो समय ४८ घण्टाभित्र होर्मजुको जलडमरुमध्यमा खोल्न अमेरिकाले दबाब दिएपछि इरानले नखोल्ने अडान कायम गरेपछि दुई देशबीच तनाव थप बढेको देखिएको थियो। तर अमेरिकाले इरानसँग वार्ताबाट पनि समाधान खोजिरहेको सन्देश दिइरहेको छ।

News by इरानसँग वार्ताका लागि ट्रम्पले खटाए उपराष्ट्रपति भान्स र विदेश मन्त्री रुबिओ :