चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1086 of 1116
  • 2026-10-16
  • 14:40:28
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं– पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५७ जनाको परीक्षणमा २६९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० जना र १ हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको छ। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १५८ पुगेको छ। पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन्। जसमध्‍ये ३ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् भने १५४ जना संस्थागत आइसोलेसन र ४६ जना आईसीयूमा छन्। यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार २२७ पुगेको छ।

News by पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु :