चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1078 of 1115
  • 2026-10-15
  • 18:27:42
  • बिहिबार,आश्विन २९, २०८३

About Author

सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौँ— बुधबार पनि सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। परिसूचक दोहोरो अंकमा घट्दा कारोबार रकम भने ८२ करोड ६२ लाखमा खुम्चिएको छ। ११.९७ अंक घटेसँगै परिसूचक १९३९ अंकमा कायम भएको छ। कुल ३१ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने १० को स्थिर रह्यो। बैंकिङ ५, विकास बैंक ३७, फाइनान्स ११, होटल तथा पर्यटन २१, जलविद्युत् २१, जीवन बीमा ३६, उत्पादन ४, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ३३, अन्य ७ र ब्यापार उपसमूह ४६ अंक घटे। सनराइज म्युचुअल फण्डको मूल्य सबैभन्दा धेरै ७.७ तथा अपर हेवाखोलाको मूल्य ६.३ प्रतिशत बढ्यो। कारोबार रकमका आधारमा नेपाल टेलिकम, हिमालयन एभरेस्ट इन्स्योरेन्स, रिडी पावर, नेस्डो लघुवित्त र नबिल बैंक क्रमशस् अगाडि रहे। बजारको कुल पुँजीकरण २७ खर्ब ८२ अर्बमा झरेको छ।  

News by सेयर बजार दोहोरो अंकले घट्यो :