चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 929 of 1156
  • 2026-11-23
  • 18:52:17
  • सोमबार,मंसिर ०८, २०८३

About Author

घरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

काठमाडौं- उदयपुरको रौतामाई गाउँपालिका–८ पाखाटोलमा शुक्रबार आगलागी हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय छोरा रोजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिनुभयो । माटो ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा मानवीय क्षतिसँगै सबै सामाग्रीहरु जलेर नष्ट भएको छ । बिजुली सर्ट भएर घर सल्किएको आगोले १० लाख रुपैयाँ बराबरको भौतिक क्षति गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।