चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 142 of 1164
  • 2026-11-27
  • 14:32:06
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ– आज (शुक्रबार) एकै दिन तीन वटा संसदीय समितिको बैठक बस्दैछन्। जसअनुसार बिहान साढे १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदी बन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल र सुझाव संकलन, बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन, २०८३ पारित गर्ने कार्यसूची छ। यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मामिला सम्बन्धी समसामयिक विषयमा विज्ञहरूसँग छलफल हुनेछ। बैठक दिउँसो साढे २ बजे बस्ने छ । यस्तैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा मानव अधिकारको वर्तमान अवस्था र आयोगको विभिन्न प्रतिवेदनहरूको कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ।

News by आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची :