चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 970 of 1152
  • 2026-11-22
  • 11:51:58
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सांसदहरुको अभिमुखीकरण तालिम आज पनि

काठमाडौं -  प्रतिनिधि सभा सदस्यहरुलाई शुक्रबार पनि अभिमुखीकरण तालिम दिइँदैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहीबारबाट सुरू भएको अभिमुखीकरण कार्यक्रमले शुक्रबार पनि निरन्तरता पाउन लागेको हो । कार्यक्रममा नवनिर्वाचित सांसदहरुलाई समिति र संसदमा उपस्थिति हुन आवश्यक मान मर्यादाका बारेमा जानकारी दिने हेतुले सुरू भएको दुई दिने अभिमुखीकरणले शुक्रबार पनि निरन्तरता पाएको हो । नयाँ सांसदहरुले पुराना सांसदहरुबाट अनुभव लिने कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार पूर्वअर्थमन्त्री युवराज खतिवडा, नेपाल कानून आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

News by सांसदहरुको अभिमुखीकरण तालिम आज पनि :