चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 629 of 1156
  • 2026-11-23
  • 20:46:12
  • सोमबार,मंसिर ०८, २०८३

About Author

डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ घाइते

धनगढी- डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गएराति साढे २ बजे डोटीको शिखर नगरपालिका-२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी निशान्त श्रीवासवले लोकान्तरलाई बताए। उनका अनुसार मृतक तीन जनाको शव फेला परेको छ भने एक जनाको शव भेटिएको छैन। दुर्घटना ६ जना घाइते भएका छन्। उनीहरूको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको उनले बताए। मृतकको सनाखत हुन बाँकी छ। जीप अनियन्त्रित भई सेती खोलामा खसेको उनले बताए।

News by डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ घाइते :