चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 897 of 1165
  • 2026-11-27
  • 16:33:29
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

व्यक्तिगत घटना दर्ता सप्ताहको आज तेस्रो दिन

काठमाडौं- व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन रहेको छ। देशभर शुक्रबारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन हो। शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ। १ वैशाखबाट गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ।