काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैछन् ।
पहिलो खेल अपराहन्न ३ बजेदेखि च्यासल मैदानमा संकटा क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच हुने छ ।
संकटाको अहिलेसम्म ८ खेलमा १२ अंक छ र लिगमा आठौ स्थानमा रहेको छ । त्यस्तै एपीएफको ९ खेलमा ११ अंक छ र लिगमा १०औँ स्थानमा रहेको छ ।
त्यस्तै आज दोस्रो खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबबीच हुने छ ।
सातदोबाटोको अहिलेसम्म ८ खेलमा १६ अंक छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी नेपाल पुलिसको भने ८ खेलमा ४ अंक छ र लिगमा पुछारमा रहेको छ ।