कुसल प्रशासक डा. दामोदर रेग्मीको गीत सार्वजनिक - Chaitanya News
  • 2026-05-24
  • 21:45:03
  • आइतबार,जेठ १०, २०८३
  • कुसल प्रशासक डा. दामोदर रेग्मीको गीत सार्वजनिक

    कुसल प्रशासक डा. दामोदर रेग्मीको गीत सार्वजनिक

    काठमाडौं- नेपाल सरकारका सचिव डा.दामोदर रेग्मीले नयाँ गीत बजारमा ल्याएका छन्। कुशल प्रशासकसमेत रहेका डा. रेग्मीका शब्दमा आनन्द कार्कीले स्वर भरेका छन्।

    ‘एक अञ्जुली मायाको उपहार छरिदेउ’ बोलको गीतमा किरण कडेलको संगीत रहेको छ। गीत सार्वजनिक हुनासाथ टिकटक लगायत सामाजिक संजालमा हजारौ भ्यू शेयर र लाइक भैसकेको छ।

    रोमान्टिक शैलीको गीत भए पनि यसअघिका गीतमा कम प्रयोग भएका शब्द गीतमा प्रयोग गरिएको र ती शब्दमा गायक र संगीतकारले गहनता बुझि कर्णप्रिय गीत बनेको गीतकार डा. रेग्मीले बताए।

    नेपालको प्रशासन व्यवस्थापन र वित्त क्षेत्रको वारेमा नियमित कलम चलाउदै आएका डा. रेग्मीको शब्द चयन अति आकर्षक रहेको र यसमा संगीतकार किरण कडेलले मेहनतपूर्वक संगीत भरिदिएकोले गीत धेरै राम्रो बनेको कुरा गायक आनन्द कार्कीले फेसवुक लाइभ मार्फत बताएका छन्।

    संगीतकार किरण कडेलले डा. रेग्मी जस्तो कुशल लेखकको शब्दमा र चर्चित गायक आनन्द कार्कीको लागि संगीत भर्न पाउनु एउटा राम्रो अवसर भएको बताए।