चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 890 of 1165
  • 2026-11-27
  • 17:12:08
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

घट्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौं - साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख १० हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रूपैयाँले घटेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य भने बिहीबार स्थिर रहेर १ हजार ४४५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

News by घट्यो सुनको मूल्य, चाँदी स्थिर :