चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1073 of 1158
  • 2026-11-24
  • 20:22:26
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

झाँक्रीविरुद्ध बागी उम्मेदवारी दिएका नेता भुसालले झाँक्रीलाई समर्थन गर्दै लिए उम्मेदवारी फिर्ता

गुल्मी– गुल्मी क्षेत्र नम्बर–२ मा सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा.दामोदर भुसालले झाँक्रीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन्। आफूले कसैको समर्थन र विरोधमा उम्मेदवारी नदिएको, कांग्रेस भित्र लोकतन्त्रको लडाई लडेको तर जिल्लाभरका तमाम कार्यकर्ताको दबाव थेग्न नसकी उम्मेदवारी फिर्ता लिएको भुसालले बताए। उम्मेदवारी मनोनयन गर्दा उनको समर्थक बसेका रवीन्द्र घिमिरेले डाक्टर दामोदर भुसालको उम्मेदवारी फिर्तालाई सकारात्मक रुपमा लिन आग्रह गरे। त्यस्तै मुसिकोट १ का वडाध्यक्ष मोहन घिमिरेले तमाम कार्यकर्ताहरूको अपार माया र समर्थन रहेका भुसालले कार्यकर्ताहरूको अनुरोध स्वीकार गर्नु महान कार्य भएको भन्दै धन्यवाद दिए। डाक्टर भुसालको उम्मेदवारी फिर्ताले आफूहरुको जीत सुनिश्चित भएको गुल्मी क्षेत्र नम्बर २ का गठबन्धनकी साझा उमेदवार रामकुमारी झाँक्रीको भनाइ थियो। डाक्टर भुसाललाई धन्यवाद दिदै नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भुसालको उम्मेदवारी फिर्ताले उत्साह छाएको बताए। जिल्लाका ६ वटै सिटको जित सुनिश्चित भएको उनले दावी गरे। क्षेत्र नम्बर १ देखि अन्य सबै सिट जित्ने तर क्षेत्र नम्बर २ मा भुसालको बागी उम्मेदवारीले मुस्किल ठानेको गठबन्धनलाई अब जित्छौ भन्ने मनोबल बढाएको गठबन्धन दलका नेताहरुको भनाइ थियो।  

News by झाँक्रीविरुद्ध बागी उम्मेदवारी दिएका नेता भुसालले झाँक्रीलाई समर्थन गर्दै लिए उम्मेदवारी फिर्ता :