चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1067 of 1158
  • 2026-11-24
  • 20:57:46
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

धनगढीमा अनधिकृत संरचना भत्काउन डोजर चलाइयो

काठमाडौं । कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरू गरिएको छ । बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो । यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन ९डिपीआर० तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो । तर घरधनीहरुले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो । बुधबारबाट सुरू भएको अभियानलाई निरन्तरता दिने जनाएको छ ।

News by धनगढीमा अनधिकृत संरचना भत्काउन डोजर चलाइयो :