ओलीको कारण एमाले त्यागेँ: घनश्याम भुसाल - Chaitanya News
  • 2026-04-24
  • 02:06:12
  • बिहिबार,बैशाख १०, २०८३
  • ओलीको कारण एमाले त्यागेँ: घनश्याम भुसाल

    ओलीको कारण एमाले त्यागेँ: घनश्याम भुसाल

    काठमाडौं । घनश्याम भुसालले केपी ओलीका कारण आफूले एमाले त्यागेको बताएका छन् । त्रिभुज चिह्न लिएर रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले एमाले अध्यक्ष ओलीको कारण पार्टी छाडेको बताएका हुन् ।

    ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलीय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गर्ने उनको दावी छ ।

    भुसालले देवदह यस क्षेत्रको नेता पालिका भएकोले रूपन्देही–१ को विकासको नेतृत्व देवदहले गर्नुपर्ने बताए । रोजगारी र विकास अबको एजेन्डा हुने बताउँदै उनले अब देवदहको प्रतिस्पर्धा बुटवल र आसपासका शहरसंग हुने र विकासमा देवदहले नयाँ फड्को मार्ने दावी गरे ।

    जनताको प्राथमिकताका आधारमा चौतर्फी विकास गर्न पाँच दलीय गठबन्धनलाई मतदान गर्नुपर्ने उनको भनाइ छ । आफ्नो मुख्य प्राथमिकता अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या रहेको बताए ।