चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 242 of 1163
  • 2026-11-27
  • 09:45:55
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

लुम्बिनी प्रदेश सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट

बुटवल– आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि लुम्बिनी प्रदेश सरकारले ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट ल्याएको छ। आज (सोमबार) आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा उक्त रकम बराबरको बजेट प्रस्तुत गरेका हुन्। प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ तथा चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फको रकमसमेत समावेश गरी कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको हो। गत आर्थिक वर्ष २०८२–०८३ मा प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा करिब १ अर्ब ५२ करोड ५५ लाख रुपैयाँले कम रहेको छ। प्रदेश सरकारले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार तथा आर्थिक उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ ।  

News by लुम्बिनी प्रदेश सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट :