चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1078 of 1113
  • 2026-10-13
  • 04:21:42
  • सोमबार,आश्विन २६, २०८३

About Author

प्रधानमन्त्री र भारतीय सेना पाण्डेबीच भेटवार्ता

काठमाडौँ– नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। आज अपराह्न ३ बजे प्रसेनाका प्रमुख जनरल पाण्डे र प्रधानमन्त्री देउवाबीच करिब २५ मिनेट भेटवार्ता भएको हो। पाँच दिने भ्रमणका क्रममा उनले आजै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यतालिका रहेको छ। यसका साथै उनी साँझ करिब ६ बजे पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम रहेको छ।धानमन्त्री देउवासँग उनले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका हुन्। यसअघि हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पाण्डेलाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्। सेनाध्यक्ष पाण्डे नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा औपचारिक भ्रमणका लागि काठमाडौँ आएका हुन्। नेपाल सरकारले भारतीय सेनामा नेपाली युवा अर्थात् गोर्खा भर्तीलाई लिएर थप स्पष्ट हुन चाहेको समयमा पाण्डेको भ्रमण भइरहेको हो। भारतले ल्याएको नयाँ अग्निपथ योजना अन्तर्गतको भर्ती प्रक्रियालाई सन् १९४७ मा नेपाल भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धिले नसमेट्ने भन्दै नेपालले हाललाई गोर्खा भर्ती स्थगन गरेको छ।

News by प्रधानमन्त्री र भारतीय सेना पाण्डेबीच भेटवार्ता :