चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 219 of 1157
  • 2026-11-24
  • 12:35:50
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

२४ घण्टामा ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व संकलन

काठमाडौँ– बितेका २४ घण्टामा दुई हजार ५१९ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु.१९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९२, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १६३, सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो। यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागूपदार्थ सेवन गर सवारीसाधन सञ्चालन गर्ने तीन, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १९ अन्य सवारी नियम पालना नगरेका एक हजार ८१९ जनालाई कारबाही गरिएको हो।

News by २४ घण्टामा ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व संकलन :