चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 690 of 1155
  • 2026-11-23
  • 16:08:21
  • सोमबार,मंसिर ०८, २०८३

About Author

एमाले नेता सुवास नेम्वाङको निधन

काठमाडौं- नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएको छ। राति १ बजेतिर अचानक हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। अस्पतालस्रोतले दिएको जानकारीअनुसार राति १ बजेर २० मिनेटमा उनलाई अस्पताल लगिएको थियो। बिहान सवा ४ बजे नेम्वाङको निधन भएको हो। राति बाथरुम जाने क्रममा उनी एक्कासी ढलेको परिवारका सदस्यको भनाई रहेको छ। परिवारका सदस्यले तत्कालै अस्पताल पुर्‍याएको भए पनि बाटोमै उनको निधन भएको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन्।