काठमाडौं- नेपाली कांग्रेसको शुभेच्छुक संघका रुपमा रहेको नेपाल सांस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश स्तरीय जिल्ला सभापतिहरूको भेला तथा अन्तरक्रिया कार्यक्रमको एक समारोहबीच उद्घाटन गरिएको छ।
कांग्रेस कैलाली जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा नेपाल सांस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश संयोजक सुरत रावत (डोटेली कान्छा)को सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि एवं नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यबाहक सभापति लोकराज अवस्थीले एक समारोहबीच उदघाटन गरेका हुन्।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नारायण दत्त भट्ट , नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेत बिक्रम धामी, पूर्वमन्त्री टेकबहादुर रैका , नेपाल सांस्कृतिक महासंघ केन्द्रीय अध्यक्ष तीर्थ बहादुर थापा रहेका थिए।
कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य धनराज पण्डित, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान उपकुलपति तथा नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य डा. टिएन जोशी , नेपाल सांस्कृतिक महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जनार्दन आचार्य, महामन्त्री त्रय राजेन्द्र केसी, शिबशंकर प्रसाद रिजाल, गणेश सुवेदी, सह-महामन्त्री शंकर दत्त जोशी, केन्द्रीय सदस्य बिष्णु भक्त खैर, केन्द्रीय सदस्य प्रेम बिबश चन्द, संघका कञ्चनपुर जिल्ला उपाध्यक्ष लोक गायिका सरस्वती दहाल, सचिव जय बहादुर कुवँर, कैलाली जिल्ला सदस्य माया पाण्डेय लगायतले आ-आफ्नो शुभकामना मन्तव्यसहित प्रस्तुति प्रस्तुत गर्नु गरेका थिए।
कार्यक्रममा ६ जना स्रष्टालाई सम्मान पनि गरिएको छ। गीतकार एवं नेपाली कांग्रेस बाजुराका नेता राजेन्द्र शाह बिपि, लोक डेउडा गायक प्रकाश थापा (बाजुरा), लोक गायिका सरस्वती दाहाल (कञ्चनपुर ), गायिका, नृत्याङ्गना एवं स्वास्थ्यकर्मी साधना बिसि (बझाङ ), समाजसेवी सरिता साउँद (डडेल्धुरा) र जिल्ला सभापति मध्यबाट संस्कृतिकर्मी चन्द्रा साउँद (डोटी) लाई सम्मानित गरिएको हो।
![]()
![]()
![]()
![]()
![]()
![]()