चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 540 of 1156
  • 2026-11-23
  • 22:06:44
  • सोमबार,मंसिर ०८, २०८३

About Author

प्रधानमन्त्रीको अध्यक्षतामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

काठमाडौँ– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत भएको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५ औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको हो । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको नवौँ सभाको बैठकबाट स्वीकृत बहुवर्षीय गुरुयोजनालाई कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष पेस गर्न अनुमति दिएको छ। बैठकले कार्यकारी परिषद्को सिफारिसमा सभाको सदस्यमा प्रा। डा। ब्रह्मदेव झालाई मनोनयन गरेको छ। प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीहरूको विद्यमान तलब भत्तामा आन्तरिक स्रोतबाट दिने गरी पाँच प्रतिशत वृद्धिको प्रस्तावलाई भने बैठकले थप अध्ययन र छलफल गरेर मात्रै प्रस्ताव ल्याउन निर्देशन दिएको छ।  

News by प्रधानमन्त्रीको अध्यक्षतामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत :