चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 182 of 1153
  • 2026-11-22
  • 13:33:21
  • आइतबार,मंसिर ०७, २०८३

About Author

गोरखामा धान रोपाइँले गति लियो, ५८ प्रतिशत रोपाइँ पूरा

गोरखा– समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको छ। कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस वर्ष जिल्लाभर १० हजार ५०० हेक्टरमा बर्खे धान रोप्ने लक्ष्य छ। कृषि विकास कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार गत वर्ष असार मसान्तसम्म ४० देखि ४५ प्रतिशत मात्रै रोपाइँ भएको थियो। मौसम अनुकूल रहे केही दिनभित्रै जिल्लाभरको रोपाइँ सकिने उनको भनाइ छ। कार्यालयले यस वर्ष जिल्लामा ९५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरेको छ। समयमा वर्षा भएकाले धान उत्पादन पनि बढ्न सक्ने कृषि प्राविधिकको अनुमान छ। जिल्लाको दरौँदी, सिर्दिफाँट, शेराफाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट र बोर्लाङफाँट मुख्य धान उत्पादन हुने क्षेत्र हुन्। उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाको हिमाली तथा उच्च पहाडी क्षेत्रमा भने धान खेती हुँदैन।

News by गोरखामा धान रोपाइँले गति लियो, ५८ प्रतिशत रोपाइँ पूरा :