चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1103 of 1109
  • 2026-10-09
  • 02:23:03
  • बिहिबार,आश्विन २२, २०८३

About Author

संस्थागत निक्षेपको ब्याजदरमा राष्ट्र बैंकका् कडाइ

काठमाडौं- बैंक तथा वित्तीय संस्थाले संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपमा कम्तीमा २ प्रतिशत ब्याजदर कायम गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि बुधबार बैंक तथा वित्तीय संस्थालाई पठाएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो। संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ। यसअघि सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा संस्थागत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर १ प्रतिशतले कम हुनुपर्ने व्यवस्था थियो। यस्तै केन्द्रीय बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा बैंकहरुले तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सक्ने व्यवस्था गरेको छ। अन्यथा निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सक्ने व्यवस्था छ। यसअघि स्वदेशी मुद्रामा मात्रै आगामी महिनाका लागि निक्षेपमा लागू हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना सुरु हुनु पूर्वप्रकाशित गरिसक्नुपर्ने व्यवस्थामा अब विदेशी मुद्राको निक्षेपमा पनि लागू हुने व्यवस्था गरेको छ। यस्तै बोलकबोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा ०-५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । यसअघि प्रकाशित ब्याजदरमा ०-१ प्रतिशत बढी ब्याज दिन सक्ने व्यवस्थामा केही खुकुलो बनाउँदै बोलकबोलका लागि ०-५ प्रतिशतको स्पेश दिएको छ ।

News by संस्थागत निक्षेपको ब्याजदरमा राष्ट्र बैंकका् कडाइ :