काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटले नेपाललाई समुन्नत बाटोमा डोर्याउने खाका तयार गरेको बताएका छन्।
नेपाललाई कृषि उद्योगबाट नै समुन्नत बनाउने योजनासहित बजेट तयार गरिएको उनले बताए । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
नेपालको बाँजो जमिनको उपयोग, जनशक्तिको परिचालन र प्रविधिको प्रयोग गरी आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्ने उद्देश्य बजेटले लिएको उनको भनाइ छ। उनले अहिलेको आयातमा आत्मनिर्भर अर्थतन्त्रलाई आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ बजेट तयार गरिएको बताए।
बजेटमा कृषकको भूमिकालाई माथि उठाउने प्रयत्न गरिएको पनि उनले बताए। गरिब किसानले भोग्नुपरेका समस्यालाई आत्मासात् गरेर बजेटले किसान सहुलियत कर्जादेखि, किसान पेन्सन योजना समेट समेटेकाले बजेट किसानमैत्री भएको उनले उल्लेख गरे।