चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 987 of 1153
  • 2026-11-23
  • 03:07:06
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सशस्त्र प्रहरीका ९७ एसपीको सरुवा (सूचीसहित)

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालका ९७ जना प्रहरी उपरीक्षकको सरुवा भएको छ। बिहीबार राति निकालिएको सूचीअनुसार संगठनमै पहिलो पटक पूर्णपूर्वानुमान सूचीमा आधारित सरुवा गरिएको प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले जानकारी दिए। एक पटक पनि कमाण्डको जिम्मेवारी नपाएका एसपीले कमाण्डको जिम्मेवारीमा प्राथमिकता पाएका छन्। रिजर्भ गण र तालिम शिक्षालयहरुमा कमाण्ड गरिसकेका सशस्त्र प्रहरी उपरीक्षकहरु दोस्रो प्राथमिकतामा र विगतमा मुख्य गणमा कमाण्ड गरिसकेका एसपीलाई तेस्रो प्राथमिकतामा राखिएको मुख्यालय सचिवालयले जनाएको छ। एक पटक मात्रै कमाण्ड गरी हाल कमाण्डमै रहेका एसपी आफ्नो कमाण्ड अवधि पूरा नभएसम्म कमाण्डमा निरन्तर रहनेछन्। यस्तै संगठनका विभिन्न अन्य महत्वपुर्ण जिम्मेवारीमा रहेका तथा विदेशमा रहेकाहरुलाई आगामी सरुवामा प्राथमिकता दिइनेछ।

News by सशस्त्र प्रहरीका ९७ एसपीको सरुवा (सूचीसहित) :